काठमाडौं । माछापुच्छ्रे बैंकको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
बैंकले असोज १८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । त्यसका लागि बैंकले असोज ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।
FACEBOOK COMMENTS