काठमाडौं । माछापुच्छ्रे क्यापिटले माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा माघ २१ देखी २४ गतेसम्म सेयर सम्बन्धि सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा माछापुच्छ्रे गाँउपालिका कास्की–४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा सम्पन्न गरिएको थियो ।
वित्तीय साक्षरता, सचेतना र घरदैलो कार्यक्रम–४, घाचोक माछापुच्छ«े बैंक बगर शाखा का शाखा प्रबन्धक उज्जवल घिमिरे तथा बैकका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जिबन बहादुर कार्की को समन्वयमा सम्पन्न भएको हो ।
क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
