काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले २८औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभाले शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
यस्तै, अग्राधिकार शेयरधनीलाई समानुपातिक रूपमा वितरण गरिने ७ करोड ४५ लाख रुपैयाँसम्बन्धी प्रस्ताव पनि सभाबाट स्वीकृतिका लागि पेस गरिने जनाइएको छ।
साधारण सभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट १ जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ।
