काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठले बैंकमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका छन् ।
संस्थापक श्रेष्ठले सेयर बिक्री गर्न निवेदनदिएपछि बैंकले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि खरिदका लागि सूचना प्रकाशन गरेको छ । उनीहरुले सोमबारदेखि ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
यस्तै बैंकले अर्का संस्थापक लगानीकर्ता दीपक राज दलीको नाममा रहेको ५९ हजार ६५६ कित्ता सेयर पनि बिक्रीमा ल्याएको छ । उक्त सेयर खरिदका लागि भने सर्वसाधारण लगानीकर्ताका साथै विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्था सबैले आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ । यसअघि गत माघ ७ गते विद्यमान संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी बैंकले यो सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री हुन नसकेको यी सेयर सर्वसाधारणमा समेतमा बिक्री खुला गरिएको हो ।
FACEBOOK COMMENTS