काठमाडाैं । मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् ।
२०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त कृतिहरू र अकारादि क्रममा निम्न लिखित छन्ः
अग्नि–डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा– वसन्त बस्नेत
यादको सन्दुक– दीपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश– प्रा नीलमणि ढुङ्गाना
सती स् इतिहास र मीमांसा– सुजित मैनाली
हिति प्रणाली– पद्मसुन्दर जोशी
यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
FACEBOOK COMMENTS