काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थायी सरकार आफूहरुको अपेक्षा रहेको बताएका छन् ।
आजको संसदको पहिलो बैठकमा बोल्दै नेता नेपालले सिँगो अर्थतन्त्रको रक्षाका लागि सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताएका हुन् । देशको विद्यमान समस्यामा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा उनको जिकिर छ । प्राकृतिक प्रकोपबाट हुने मानवीय क्षतिलाई ध्यानमा राख्दै सरकारले पूर्व तयारी थाल्नुपर्ने समेत उनको भनाइ छ । अनेक समुदायको समस्याको निराकरणमा सरकार लाग्नुपर्ने उनले बताए ।
बैठकका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका समग्र क्षेत्रको समस्याको उजागर गरेका थिए ।
FACEBOOK COMMENTS