जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा महतोलाई पद मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।महतो तत्कालिन मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा गत जेठमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।