जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराए ।
शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो ।