काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको वंशको शासन गर्न खोजे ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यो देशमा कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्र हो । त्यस कारण प्रतिगामी शक्तिहरू होसियार अव यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन । राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्विकार्न तयार छैनन्’, अध्यक्ष नेपालले भने, ‘वंशको शासन ल्याउन खोजे त्यसले ठुलो मूल्य चुकाउनुपर्नेछ ।
निजी घरमा आगजनी गर्नु मण्डले अराजकताको नमूना हो, अब ज्ञानेन्द्रले भोग्न बाँकी केही रहनेछैन : प्रचण्ड
FACEBOOK COMMENTS