काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।
कालिका खबरको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार क्षेत्रमा गरिने लगानीले रोजगारी वृद्धि गर्नुपर्ने बताए ।
उनले कृषकको आयस्तर वृद्धि भएमा उनीहरूको खर्च गर्ने क्षमताको विकास भइ राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउँदै निर्धारित समयमा अधिवेशन सम्पन्न गरिने उल्लेख गरे ।
FACEBOOK COMMENTS