काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई न्यायपालिकाले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
शनिबार मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले कुनै गल्ती नगरेको भन्दै न्यायालयमाथि विश्वास रहेको बताएका हुन् ।
‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्ति आत्तिएका पनि छन् । आतङ्कित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ,’ उनले भने, ‘त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाइएको छ । भ्रष्टाचारको केस निर्णयको अधार चाहिन्छ । माधव नेपालले एक पैसा घुस लिएको, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सानी गरेको भए, त्यसको जिम्मेवारी मैले लिन्छु । सबै गलत कामका विरुद्ध दृढताका साथ उभिने छु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । र, न्यायको जित हुने छ । अन्यायको हार हुने छ ।’
उनले आफ्नो अगाडि चुनौती आएको बताउँदै आफूले मैदान छोडेर नभाग्ने बरु यसको सामना गर्ने बताए ।
FACEBOOK COMMENTS