काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमको उर्जा र जोश देखेर आफुहरुको जागर बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै बामदेव गौतमसँग फेरी सहकार्य शुरु भएको, बामदेवको ७७ बर्षको जोश देखेर आफुहरु पनि प्रफुल्लित भएको र जागर बढेर गएको बताए ।
अध्यक्ष नेपालले यो एकताले देशमा ठुलो जिज्ञासा र उत्सुकता प्रदान गरेको बताउँदै आएका चुनौतीलाई सहि विचारले सामना गर्नुपर्ने बताए ।
बामदेवको आगमनले एकीकृत समाजवादीको शक्ति बढ्ने र देशभरका कार्यकर्तामा नयाँ उत्साह आएको नेपालले बताए ।
नेपालले राष्ट्रिय एकता अभियानका अन्य असन्तुष्ट रहेकाहरुसँग पनि छलफल भइरहेको र छिटै एकताबद्ध गरिने बताए ।
आफुहरुले सम्भव हुनेसँग एकता गर्दै र सम्भव नभएकासँग मोर्चा बनाएर अगाडी बढिरहेको नेपालले बताए । अहिले समाजवादी मोर्चा कायम रहेको र नियमित गतिबिधि गरिरहेको बताए ।
उनले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउदै एमालेभित्रको अवस्था आफुहरुले हेरिरहेको बताए ।
FACEBOOK COMMENTS