काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेसहितको सत्ता गठबन्धनमा सहभागी हुन सम्भावना बढेको छ ।
आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेता नेपाल निवास कोटेश्वरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन अनुरोधसहितको औपचारिक प्रस्ताव राखेका थिए ।
करिब दुई घण्टा लामो छलफलपछि प्रचण्ड, ओली सहितले राखेको पस्तावमा नेकपा एसका अध्यक्ष नेपाल करिब सकारात्मक भएको बुझिएको छ । यस विषयमा बुधबार बस्ने एकीकृत समाजवादी पार्टीको बैठकमा छलफल गरेर निर्णय लिने बताइएको छ ।
बैठकपछि ओलीले नेपाल सकारात्मक भएको बताए । ‘माधवजीको स्वास्थ्य बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएका थियौँ । यही क्रममा देशको परिस्थितिको बारे चर्चा चल्नु स्वाभाविक नै हो’, नेपाल गठबन्धनमा सहभागी हुनेबारेमा ओलीले भने, ‘सकारात्मक ।’
FACEBOOK COMMENTS