काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
आज आइतबार बिहान ओली निवास भक्तपुरको गुण्डु पुगेका नेपालले ओलीका बुबाको निधनप्रति समवेदना प्रकट गरेर फर्किएका छन् ।

उनले ओलीका सो दिवंगत बुबा मोहन प्रसाद ओलीलाई श्रद्धाञ्जली अपैण गरेका छन् । ओलीका ९७ बुबाको शुक्रबार निधन भएको थियो ।
नेकपा विभाजनपछि ओली र नेपालबीच संयोगकले हुने भेटघाट र कुराकानीबाहेक खुलस्त सम्वादमा छैनन् ।


FACEBOOK COMMENTS