पोखरा कात्तिक २७, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूनिकट पत्रकारहरूलाई रक्सी खाने बानी छाड्न निर्देशन दिएका छन्।
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए।
‘तपाईहरूमा पनि पाँचतारे होटेल धाउनुपर्ने, रक्सी नखाई निद्रै नपर्ने भएको छैन होला।’ उनले भने, ‘त्यस्तो नहोस् पनि। मैले थाहा पाएँ भने म राम्रो मान्दिनँ।’
पार्टी नेताहरु समेत होटलमा छिरेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको भन्दै नेता तथा पत्रकार सबैलाई रक्सी खाने बानी छोड्न आग्रह गरे ।
अध्यक्ष नेपालले राम्रो आचरण विकास गर्न तथा लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे ।
