काठमाडौं । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी सुरूवातगरेको छ । बुधबार पर्सामा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको हो ।
सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ३३.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मधेश प्रदेसको जितमा अरनिको यादवले सर्बाधिक ४६ रन बनाए भने आदील आलमले ३४ तथा पवन सराफले २१ र रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अशोक धामीले ३ र शेर मल्लले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले अभिषेक पलको ३३ तथा किरण ठगुन्ना र नारायण जोशीको २३–२३ रनको सहयोगमा ४३.२ ओभरमा अल आउट हुदै १६० रनमा समेटिएको थियो ।
मधेश प्रदेशका लागि अरनिको यादवले ३ विकेट लिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए । अब मधेश प्रदेसले अर्को खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्ने छ भने सुदूरपश्चिमले शुक्रबार नै कोशी प्रदेशसँग खेल्ने छ
FACEBOOK COMMENTS