काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश समितिले पनि विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जाहेर गरेको छ ।
मधेश प्रदेश कार्यसमितिका उपसभापतिद्वय चन्द्र शेखर यादव र विरेन्द्र प्रसाद सिंहले पुष २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनमा सहभागी हुन प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएका बेला दुई दर्जन भन्दा बढी जिल्ला र लुम्बिनी र मधेश प्रदेश कार्यसमिति विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।
FACEBOOK COMMENTS