जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
उनले असोज २८ गते विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् ।
अगामी मंगलबार विश्वासको मत लिने भएकाले सोहीअनुसार व्यवस्था मिलाइदिन मुख्यमन्त्री सिंहले शुक्रबार मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका हुन् ।
मुख्यमन्त्री सिंहले आफ्नै दलले समेत समर्थन फिर्ता लिएको अवस्थामा पनि सरकार छोडेका छैनन् ।
त्यस बाहेक उनलाई समर्थन गरेका कांग्रेस र एमालेले पनि सर्मथन फिर्ता लिइसकेका छन् । मधेश प्रदेशसभामा १०७ प्रदेश सभा सदस्य छन् । हाल १०५ जना सांसद छन् ।
जसमा हाल एमालेका २४, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नाउपा र संघीय समाजवादी पार्टीका १–१
सांसद रहेका छन् । अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी मिलेर सरकार बनाउने तयारी शुरु भएको छ ।
FACEBOOK COMMENTS