काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि सरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो । सुरुमा न्यायाधीश फुयाँलले तीन घण्टाभित्र बहस सक्नुपर्ने भने पनि कानुन व्यवसायीले समय अभाव हुने भनेपछि थप समय दिइएको थियो ।
रिट निवेदकको तर्फबाट दुई घण्टाभन्दा बढी समय बहस गरेपछि मुख्यमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एक घण्टा बहस गर्दा पनि नसकिएपछि हेर्दहेर्दैमा राखेर भोलिका लागि पेसी तोकिएको छ ।
मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा दर्ता भएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो । रक्की प्रसाद साहसमेतले गत सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
FACEBOOK COMMENTS