भैरहवा । रुपन्देही सदरमुकाम भैरहवामा नक्कली मदिरा बनाउँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार विशेष सुराकीको आधारमा प्रहरीले छापा मार्दा नक्कली मदिरा फेला परेको हो ।
प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार भैरहवाको खजहनामा रहेको मुक्तार पठानको घरबाट विभिन्न ब्रान्डका मदिराका बोत्तल र नक्कली अन्तशुल्कःको स्टिकर समेत बरामद गरेको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोलिगढ निवासी बर्ष २८ को नविन पन्थि र सिनपा ३ खजहना निवासी बर्ष ३१ को मुक्तार पठानलाई पक्राउ समेत गरी अनुसन्धान गरिरहेको छ ।
खजहनामा रहेको मुक्तारको घरबाट प्रहरीले आन्तरिक राजस्व विभागको अन्तशुल्क स्टीकर ५ सय ९३ थान र सिङ्गेचर, बल्डदरबार, गोल्डेन ओक, ८८४८, बैलक चिम्नी ब्रान्डको मदिराको खाली बोतलहरु , एक जार मदिरा जस्तो देखिने तरल पदार्थ समेत बरामद गरेको प्रहरी निरीक्षक केसीले बताए ।
बजारमा चलेका मदिराको खाली बोत्तलमा मदिरा जस्तो पेय पदार्थ राखेर नक्कली स्टीकर लगाएर बेच्ने गरेको सूचनाको आधारमा प्रहरीले मुक्तारको घरमा छापा मारेको थियो । अप्रोधित मदिरा जस्तो पेय पदार्थ स्वास्थ्यकोलागि हानिकारक हुने गर्दछ ।
FACEBOOK COMMENTS