काठमाडौँ । भेनेजुएलाका निबर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्कको म्यानहट्टनको अदालतमा पेश गरिएको छ ।
सोमबार उनीहरुलाई अदालतमा पेश गरिएको हो । अदालतमा उनीहरूविरुद्ध लगाइएका आरोपहरूको सूची अदालतमा पढिनेछ ।
धेरै लागूपदार्थ प्रवर्तन प्रशासन एजेन्टहरूले मादुरोलाई समातेर अदालततर्फ लादै गरेको सार्बजनिक भिडियो र तस्बीरमा देखिएको छ । अदालततर्फ जानेक्रममा मादुरो खोच्याएर हिडेका थिए ।
अमेरिकाले शनिबार बिहान राजधानी काराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क ल्याएको थियो । मादुरो र उनकी श्रीमतीलाई अब हतियार र लागूपदार्थको तस्करीसँग सम्बन्धित आरोपमा अमेरिकी अदालतमा मुद्दा चलाइनेछ । यद्यपि, मादुरोले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएका छन् ।
FACEBOOK COMMENTS