काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि, उनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिरमा, मादुरोले खैरो नाइके ब्रान्डको फ्लिस ट्र्याकसूट लगाएको देखियो । यो तस्बीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्बजनिक गरेका थिए । तस्बिर भाइरल हुने बित्तिकै, विश्वभर सबैको ध्यान उनको लुगामा गयो ।
मानिसहरूले मादुरोले कस्तो प्रकारको ट्र्याक सूट लगाएका थिए भनेर खोज्न थाले । यो नाइके फ्लिस ट्र्याकसूट हो भनेर थाहा पाउने बित्तिकै, मानिसहरूले यसलाई किन्न थाले । ट्र्याकसूटको माग बढ्यो र यो धेरै ठाउँमा बिक्री भयो । कम्पनीलाई ट्र्याकसूटको विज्ञापन गर्नु परेन । भाइरल तस्बिर आफैं सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । यस सुटको मुल्य नेपाली ९ हजारदेखि १४ हजारसम्म पर्ने बताइएको छ । विश्वका कैयौं स्थानमा यो ट्रयाक सुट अहिले सोल्ड आउट भएको छ ।
गुगल ट्रेन्ड्सका अनुसार, गुगलमा ‘नाइके टेक’ को खोजी बढेको थियो र जुन ४ मा शिर्ष स्थानमा पुगेको थियो । यसले खैरो नाइके ट्रयाकलाई अब मादुरो ग्रेस भनेर चिनिएको छ ।
FACEBOOK COMMENTS