काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् ।
केन्द्रीय समितिको बैठकका एजेण्डा बारे पदाधिकारी बैठकमा सहमति हुन नसकेपछि सोहि विषयमा थापा र शर्माले सभापति देउवासँग छलफल गरेको बताइएको छ ।
देउवासँगको छलफलमा पनि बैठकका एजेण्डा बारे सहमति हुन नसकेको बताइएको छ ।
थापा र शर्माले केन्द्रीय समितिको बैठकमा मङ्सिर भित्र नै नियमित महाधिवेशन गर्न प्रस्ताव खोजेका छन् भने सभापति देउवा पक्ष त्यसो गर्न तयार देखिएको छैन ।
एजेण्डामा सहमति नभएपछि आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक समेत अनिश्चित बनेको छ । आजको बैठकमा सभापति देउवा उपस्थित हुने भएपछि सानेपास्थित पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
संस्थापन पक्ष नियमित महाधिवेशन मङ्सिरमा गर्न तयार नभए आजै विशेष महाधिवेशन माग सहितको ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको निवेदन दर्ता गर्ने तयारी पनि भएको छ ।
FACEBOOK COMMENTS