काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्र निकै चुनौतीमा रहेको बताएका छन् । अहिले काम गर्दा प्रशस्त चुनौती रहेको बताए ।
नेपाल बैंकर्स संघको साधारणसभामा पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको बताए । कोरोनालगायत समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको बताएका छन् ।
‘बैंकिङ क्षेत्रलाई बाह्य क्षेत्रबाट दबाब आयो । ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहबाट काम हुन सकेन । बैंकको नाफमाथि प्रश्न उठ्दा पनि असहज भयो’ उनले भने ‘नाफाबिना बैंक चल्न सक्दैन । पुँजी लगानी गरेपछि प्रतिफल त चाहिन्छ ।’
अहिले पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताए । तर, प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको उनको भनाइ छ ।
बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभइ बैंक आफ्नै कारणले दिन नसकेको बताए । ‘जो इफिसियन्ट छ उसले लाभांश बाँड्यो । प्रोभिजनका कारण लाभांश क्षमता घटेको होइन’ उनले भने ‘कसैले २६ प्रतिशत, कसैले शून्य लाभांश बाँडे । हामीले गर्दा लाभांश घट्ने भए उसले पनि सक्दैनथ्यो । हिजो कर्जा बढाउँदा ध्यान पुर्याएको भए आज लाभांश बाँड्नै नसक्ने अवस्था आउँदैन थियो ।’
FACEBOOK COMMENTS