काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यशाला तथा दिगो बैकिङ प्रवद्र्धनका लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले फागुन २४ र २५ गते आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रममा वातावरण, संस्कृति तथा सम्पदा संरक्षणमा बैंकको प्रतिबद्धता जाहेर गर्दै, दिगो बैकिङ्ग अभ्यासलाई प्रोत्साहित गरेको छ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुई दिने कार्यशालामा बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको वित्तीय अवस्था, हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक परिस्थिति, र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने आर्थिक चुनौतीहरूबारे समेत विश्लेषण गरिएको छ।
फेवाताल किनारमा आयोजित सामूहिक पदयात्रा मार्फत आम जनमानसमा दिगो वित्तीय अभ्यासको महत्वको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ। कार्यक्रममा विशेष रूपमा हरित बैंकिङ्ग र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि जोड दिइएको थियो।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै, महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक छन्।


FACEBOOK COMMENTS