काठमाडौं । महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारणसभाले लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८र७९ को सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतकादरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश सहित १०.४७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ ।
यस्तै सभाले आव २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।
सभाले आव २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जेबि राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
FACEBOOK COMMENTS