काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै क्रममा, बैंकले कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरी काठमाडौँ उपत्यकामा प्लस टु, प्राविधिक शिक्षा, अथवा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएका प्रतिभाशाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
कार्यक्रम कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटको समन्वयमा बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो। यस अवसरमा छात्रवृत्ति बराबरको रकम हस्तान्तरण गरिएको छ। बैंकले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने चाहनामा अवरोध नआओस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।
साथै, बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित, र सहज डिजिटल बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्यअनुरूप आफ्नो मोबाइल एप्लिकेसन “महालक्ष्मी स्मार्ट साथी” परिष्कृत गरी सञ्चालनमा ल्याएको छ।
FACEBOOK COMMENTS