काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा. लि. गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५५ र अल्फा केयर प्रा. लि.का सेवाहरुमा अधिकतम १५५ को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS