काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरले १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । जसबाट ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ । बाँकी ६ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यसबाट वार्षिक ११ प्रतिशत ब्याज पाइनेछ । यसको अवधि १० वर्ष रहेको छ । बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यपिटल रहेको छ ।
FACEBOOK COMMENTS