काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङको प्रवर्धन र डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ का विजेताहरू घोषणा गरेको छ।
नेपालीहरूको महान चाड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीका माध्यमबाट सहज बनाउने र उपलब्ध डिजिटल भुक्तानीका साधनहरूको अधिकतम प्रयोग सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालित यो अभियानमा महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गर्ने विजेताहरू छनोट गरिएको हो। विजेताहरूमा नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन्। उनिहरूले यो अभियानअन्तर्गत माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्।
बैंकका अनुसार, नेपालभरका ग्राहकहरूले यो अभियानमा उल्लेख्य सहभागिता जनाएका थिए। यस्ता अभियानले ग्राहकहरूमा नवीनतम भुक्तानीका माध्यमहरूको प्रयोगप्रति रुचि बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
महालक्ष्मी विकास बैंकले अभियानमा सहभागी सबै ग्राहकहरू र विजेता बन्न सफल प्रयोगकर्ताहरूप्रति हार्दिक आभार तथा बधाई व्यक्त गरेको छ।
यसैबीच, बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सुविधा प्रदान गर्ने नीतिअनुरूप हालै आफ्नो मोबाइल एप्लिकेसनलाई परिष्कृत गरी ‘महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको जनाएको छ।
FACEBOOK COMMENTS