काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई ‘लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेको छ ।
बैंकको ३०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा दश अध्ययनका लागि मण्डललाई ‘स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति’ प्रदान गरिएको बैंकले जनाएको छ ।
स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरू र बैंक व्यवस्थापनको रोहबरमा मण्डललाई सो छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले मण्डलको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रू. ५० हजार राशीको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
कार्यक्रममा राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरू रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशका लागि योगदान पुर्याउनुपर्ने विचार व्यक्त गरे । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश लम्सालले बैंकले आगामी दिनहरूमा छात्रवृत्तिका कार्यक्रमहरूलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुर्याउने बताए ।
आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
‘स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति’ विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालीन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष समेत रहेका स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापना गरिएको हो ।
३०औँ वर्षमा महालक्ष्मी विकास बैंक, १०३ शाखाबाट सात लाख भन्दा बढीलाई दिँदै
FACEBOOK COMMENTS