काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको नाफामा बढोत्तरी भएको छ ।
आर्थिक वर्ष सुरु भएयताको नौ महिनामा बैंकको नाफा करिब १७ प्रतिशतले बढेको हो ।
यस अवधिमा बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.८७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३.७८ प्रतिशत वृद्धि भई १ अर्ब ५३ करोड ६४ लाख २४ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सो अवधिमा पनि १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले ९ महिनामा ६२ करोड ८१ लाख ७९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दान बढेसँगै बैंकको खुद नाफा वृद्धि भएको हो ।
बैंकको वितरणयोग्य नाफा १६ करोड ३४ लाख ८५ हजार रुपैयाँ छ । यसका आधारमा बैंकले तेस्रो त्रैमासमा ५.०७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ५८ करोड १ लाख रुपैयाँ राखेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.८६ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS