काठमाडौं । ललितपुर महानगरपालिका-१३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिको सकुशल उद्धार गर्ने काभ्रेजिल्ला तेमाल गाँउपालिका ९ का ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले नगदसहित सम्मान गरको छ ।
असोज १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमकाबीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई १ लाख नगदसहित सम्मान गरिएको हो ।
यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्धार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।
साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्।
FACEBOOK COMMENTS