काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ दशमलव ९९ प्रतिशतमै घर कर्जा दिने भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा नै प्रदान गर्ने भएको हो ।
बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न, निर्माण गर्न,पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न यस्तो कर्जा प्रदान बैंककाे जनाएकाे छ ।
यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्दछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS