काठमाडौं। महालक्ष्मी विकास बैंकले खुद नाफा ४४.२८ प्रतिशतले बढाएको छ। बैंकले २३ करोड ५ लाख रुपैयाँ नाफा गरेको हो। चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले स्प्रेड दर घटेको बाबजुत पनि नाफामा सुधार भएको देखाएको छ।
बैंकको स्प्रेड ४.९९ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा आएको छ। स्प्रेड घटेका कारण खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ। तीन महिनामा बैंकले ४६ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।
बैंकले यो अवधिमा ५.८३ प्रतिशतले ऋण बिस्तार गरेर ३१ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ। बैंकको प्रति सेयर आम्दानी २७.५९ रुपैयाँ छ।
FACEBOOK COMMENTS