काठमाडौं । महालक्ष्मी विकास बैंककोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महाकाली जनज्योति आधारभूत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत प्रदान गरिएको बैंकको महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले जानकारी दिए ।
महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोही अनुसार भिमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकायालगायत १० जना स्वास्थ्यकर्मीको टोली सहभागी थियो । गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानीयहरूले जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
बैंकले प्रदेश नं १ मा ५ वटा, प्रदेश नं २ मा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा सञ्चालन गरिरहेको छ ।
बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्श कार्ड, र डलर कार्ड पनि जारी गरिसकेको जनाएको छ । यी कार्डहरू जारी गर्ने महालक्ष्मी विकास बैंक पहिलो भएको दाबी समेत विज्ञप्तिमा गरिएको छ ।
‘सबल बंैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै २७ वर्षदेखि महालक्ष्मी बैंक सञ्चालनमा छ ।
FACEBOOK COMMENTS