काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश गरेको छ ।
नेपाल बीमा प्राधिकरणले २०७९ चैत्रभित्र अनिवार्य रुपमा पुँजी वृद्धि गर्ने निर्देशन दिएपछि प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा रहेको कम्पनीले चैतभित्र एकीकृत कारोबार गर्ने भएको छ ।
निर्धारित समयमा एकीकृत कारोबार गर्न नसके पनि २०७९ चैतभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।‘भारतीय बीमांकीबाट सम्पत्ती दायीत्वको मूल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न ‘२०७९ चैत्रभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ
एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानीकर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास लिएको कम्पनीले जनाएको हो ।
जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती रहेको र कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई भोग्नु परेको कम्पनीले बताएकाे छ ।
कम्पनीले प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ जस्ता जनचेतनामूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गर्दै आएको छ ।
कम्पनीले गत आव २०७८र७९ को पौष मसान्तको तुलनामा चालु आव २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पुँजीमा ५०५, जगेडा कोषमा ६०.७ ५, जीवन बीमा कोषमा ५६.४५, महाविपत्ति कोषमा ४४.५५, कर्जा लगानीमा २९.५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५.४५ ले बृद्धि गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS