काठमाडौं । प्रदेश र स्थानीय तहका बैंक खाता आजदेखि बन्द हुने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले असार ११ गते नै सूचना जारी गरेर आजदेखि प्रदेश र स्थानीय तहका बैंक खाता बन्द जानकारी गराएको हो ।
कार्यालयले प्रकाशित गरेको सूचनामा प्रदेश र स्थानीय तहका सरकारी कार्यालयले आइतबार राति १२ बजेपछि कुनै पनि रकमको भुक्तानी नहुने उल्लेख गरिएको थियो । उक्त सूचना अनुसार त्यस्ता कार्यालयहरुबाट अब एक हप्तासम्मका लागि सबै प्रकारको रकमको भुक्तानी रोकिएको छ ।
उक्त सूचनामा आइतबार राति १२ बजेसम्म काटिएका चेक आजसम्म साट्न मिले पनि आजबाट भने नयाँ चेक जारी गर्न नमिल्ने उल्लेख गरिएको छ । संघीय सरकारका कार्यालयहरुको भने बैंक खाता बन्द गरिएको छैन ।
FACEBOOK COMMENTS