काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ वटा संस्थाबाट मनोरञ्जन करबापत ८४ लाख बढीको राजस्व संकलन गरेको छ ।
महानगरको राजस्व विभागकाअनुसार काठमाडौं फनपार्क र ५ वटा क्यासिनोले अहिलेसम्म ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका हुन् ।
महानगरले भदौ १९ गते मनोरञ्जन कर तिर्न भन्दै पत्र काटेको थियो ।
जसमध्ये डेल्टीन क्यासिनोले २३ गते २१ लाख ४२ हजार, क्यासिनो प्यालेस अन्नपूर्ण-होटलले २८ गते ११ लाख ८५ हजार, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रिएसन हायातले २८ गते ९ लाख ८९ हजार, माजोङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार तथा बेलीज क्यासिनो मल्ल होटलले २३ गते १३ लाख ८८ हजारसमेत गरि ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका छन् । क्यासिनो र्याट र रोयल क्यासिनो याक एण्ड यति हाल सञ्चालनमा नरहेको महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS