काठमाडौं । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको नगर प्रमुख राजु पाण्डेले बताएका छन् ।
घट्नाको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताएका हुन् ।
घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर भएको उनको भनाइ छ ।
बुधबार काठमाडौंको सुन्धारा क्षेत्रमा साँझ फटपाथमा बसेर व्यवसाय गर्ने स्वरोजगार मजदुरमाथि काठमाडौं महानगरपालिका र व्यवसायीबीच झडप भएको थियो ।
त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौँ । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए ।
प्रहरी बलका प्रमुख पाण्डे भन्छन्, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने वित्तिकै आक्रमण भयो ।’
उक्त घटना पश्चात आज महानगर प्रमुख राजु नाथ पाण्डेले त्यसको जवाफमा आक्रमण नभई प्रतिरक्षा गरेको बताएका हुन् ।
FACEBOOK COMMENTS