काठमाडौं । राष्ट्रिय भूमि आयोगले काठमाडौं महानगरपालिकाले थापाथलीमा जे ग¥यो, त्यो त संविधानको बर्खिलाप नै छ ।
यसलाई राष्ट्रिय भूमि आयोगको काममा बाधा पु¥याउने हर्कत गरेको बताएको छ । यता,काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमवासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं काममा उत्रिएको दाबी गरेको छ ।
काठमाडौं महानगर र भूमि आयोगबिच ९ भदौ ०७९ मा एक समहती समेत गरिएको थियो । यो सहमती अनुसार महानगरले आफ्नो क्षेत्रभित्र रहेका सुकुमवासीको लगत संकलन गरेर आयोगलाई बुझाउनुपर्ने थियो । सहमती पत्रमा महानगरले सुकुमवासीको व्यवस्थापनका लागि आयोगलाई सहयोग गर्ने समेत लेखिएको छ ।
आयोगको तर्फबाट आयोग अध्यक्ष केशव निरौला र महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो सहमति अनुसार काम नगरेर महानगरले आयोगको कामका बाधा पु¥याएको बताएको छ । महानगरले भने आयोगले समयमा काम नगरेका कारण महानगर आफैं सक्रिय भएको दाबी गरेकाे छ ।
FACEBOOK COMMENTS