काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।
चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनि उपचाररत थिइन् ।
सर्वोच्च अदालतमा पुग्ने उनि दोस्रो महिला न्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत थिइन् ।
श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुइ छोरा छन् ।
FACEBOOK COMMENTS