![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्याइएको हो ।
प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको थियो । उनलाई भैरहवाबाट यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
FACEBOOK COMMENTS