काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले महासचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्डलाई भेट्न एमाले सचिव महासेठ खुमलटार नै पुगेका थिए ।
भेटमा सत्ता समिकरणका बारेमा छलफल भएकाे एमालेका एक नेताले बताए । उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले महासेटलाइ प्रचण्डलाइ भेटन पठाएका हुन् । प्रचण्डलाइ प्रधानमन्त्री प्रस्ताव लिएर महासेट खुमलटार पुगेकाे उनकाे भनाइ छ ।
तर, सरकार गठनबारे दलहरुबीच रस्साकस्सी परिरहेको वेलामा महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । महासेठ एमाले अध्यक्ष ओलीको मधेस मिसनका विश्वाशिला पात्र हुन् ।
चुनाव सकिए लगत्तै दलहरू सरकार गठनका बारेमा समिकरण बनाउने दाैडधुपमा छन् । कुनै पनि एक पार्टीले मात्र सरकार बनाउन नसक्ने अवस्था भएपछि दलहरू समिकरण बनाउन लागि परेका छन् । यसैविषयमा छलफल गर्नका लागि साेमबार सत्ता गठबन्धनका दलहरूकाे बैठक जारी छ ।
यसअघि आइतबार बसेकाे माओवादी केन्द्रकाे बैठकले गठबन्धनलाइ निरन्तरता दिने निर्णय गरेकाे थियाे । तर, शनिबार भने माओवादीले एमालेसँग सहकार्य हुने संकेतसहित सबै दलहरूसँग सहकार्यकाे ढाेका खुल्ला रहने निर्णय गरेकाे थियाे ।
ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि बाम गठबन्धन बनाउने पक्षमा छन् । सकभर आँफु प्रधानमन्त्री बन्ने र प्रचण्डले नमानेको खण्डमा प्रचण्डलाई पधानमन्त्री बनाएर एमालेले राष्ट्रपति दावी गर्ने ओलीको रणनीति रहेको छ । तर, प्रचण्डभने कुनैपनि हालतमा ओलीसँग सहकार्य गर्ने पक्षमा छैनन् ।
काँग्रेससँगे समिकरण गरेर आँफुले प्रधानमन्त्री नपाउने अवस्थामा भने प्रचण्डले यूटर्न गर्ने निश्चत छ । ओलीले पनि प्रचण्डलाई काँग्रेसले प्रधानमन्त्री नदिएको हेर्न चाहान्छ । अब, को प्रधानमन्धी बन्छ, कस्ले राष्ट्रपति पद पाउँछ भन्ने कुरा आगामि दिनहरुमा खुलस्त हुनेछ ।
याे पनि :
अहिलेकै गठबन्धनलाई निरन्तरता दिने माओवादीकाे निर्णय
देउवालाई ओलीकाे संन्देश: सत्ताका लागि नयाँ समिकरण बन्ने सम्भावना!
प्रधानमन्त्रीमा देउवा, माओवादीलाई राष्ट्रपति र सभामुख नेकपा एसलाई: मन्त्री चाैधरी
प्रचण्डलाई देउवा र ओलीकाे फाेन: राष्ट्रपति माओवादीलाई, प्रधानमन्त्रीमा देउवालाई निरन्तरता
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै
FACEBOOK COMMENTS