काठमाडौँ । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रा।लिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।
पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।
बक्यौतालाई २८ किस्तामा विभाजन गरीे जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।
FACEBOOK COMMENTS