काठमाडौं । चरम लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विशेष सुविधा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरूले बक्यौता महसुल धमाधम तिर्न थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणसँग विवाद गरेर महसुल भुक्तानीमा आनाकानी गर्दै आएका अधिकांश उद्योगीहरूले पछिल्लो समय धमाधम महसुल तिर्न थालेका हुन् ।
विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बनेर ऊर्जा मन्त्रालय छिरेसँगै उद्योगीहरूले महसुल बुझाउन थालेका हुन् । पछिल्लो समय निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अपनाइएको मध्यमार्गी उपायका कारण पनि महसुल तिर्ने उद्योगीहरूको सूची बढ्दै गएको हो ।
यसरी महसुल बुझाउनेहरूबाट कात्तिक ९ गतेदेखि २६ गतेसम्म पहिलो किस्ताबापत १८ करोड २० लाख ७ हजार ४९५ रुपैयाँ विद्युत् प्राधिकरणको खातामा जम्मा भएको छ । बीचमा तिर्न छोडेकाहरूले पनि पुन: तिर्न थालेको प्राधिकरणले बताएको छ ।
कुन–कुन उद्योगले कति–कति महसुल बुझाए ? हेर्नुहोस् यो सूचीमा–



विद्युत महसुल बक्यौताबापत ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड बाँकी

FACEBOOK COMMENTS