काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकता आज सार्वजनिक हुने भएको छ । आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले “आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची रहेको छ।
यस अघि बजेट आउनु भन्दा २ साता अगाडी मात्र बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्ने गरिएको थियो। यस पटक भने बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुन लागेको हो । सांसदले दिने सुझावलाई बजेटमा समेट्नको लागि ३ महिना अगाडी नै सरकारले बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्न लागेको हो। १५ चैतभित्र बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय भए सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।
सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्ने गर्छ ।
FACEBOOK COMMENTS