काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महतलाई उक्त क्षेत्रमा उम्मेदवार बनाइएको हो ।
कांग्रेस संसदीय बोर्डले डा. महत्तलाई नुवाकोट- १ बाट उम्मेदवार बनाएको हो । महत्त सो क्षेत्रबाट एकल सिफारिस भएका थिए । नुवाकोट- १ बाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए ।
FACEBOOK COMMENTS