काठमाडौं। अर्थमन्त्री डा. प्रकाश शरण महतले आयकरको विषयलाई भ्रामक ढङ्गले उठाएर सीमित लगानीकर्ताहरूले शेयर बजारमा चलखेल गरेको टिप्पणी गरेका छन्।
महतले बिहीबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा केही सीमित व्यक्तिले लाभ लिन ५६ लाख लगाीकर्हतारुको नाम बेच्ने परम्परा अन्त्य हुनुपर्ने बताएका हुन्। उनले त्यस्तो गलत परम्पराको अन्त्य गर्न धितो पत्र बोर्डलाई निर्देशन समेत दिएका छन् ।
आफुले पुँजी बजारलाई असर पर्ने कुनै काम नगर्ने प्रतिवद्दता समेत उनले दोहोर्याएका छन् । उनले अगाडी भने, ‘सेयर बजारमा चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरूले सबै लगानीकर्ताहरूलाई आम्दानीमा आयकर लाग्छ भन्दै बजार बढाउने र घटाउने गरेर फाइदा लिए ।’
आफुले अर्थमन्त्रीको रुपमा देशको हितलाई केन्द्रमा राखेर काम गर्दा केही स्वार्थ समूहहरू रिसाएका कारण अनेकौँ आरोप लगाएको उनले दुखेसो गरे । इमान्दार भएर काम गर्दा के कस्ता दबाब र अप्ठ्यारा आउँदा रहेछन् भन्ने आफुले बल्ल थाहा पाएको उनले बताए।
कतिपय सञ्चार मध्यम समेत त्यस्ता व्यापारीको प्रभावमा परेर आफ्ना विरुद्ध उत्रिएको समेत उनले गुनासो गरे । बजेटमा सुधारको विषयलाई प्राथमिकतामा राखेको उनले बताए । आफुले करको दायरा निर्धारण गर्दा स्वतन्त्र र तथष्ट बनेर काम गरेको उनले दाबी गरे ।
FACEBOOK COMMENTS