पोखरामा । पोखरामा किताब सांसद महावीर पुनलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।
पोखराको पृथ्वीचोकमा फागुन २५ गते किताब बेचिरहेका महावीर पुनसँग भनाभन भएपछि गुरुङले थुकेर हिडेका थिए । पुनको अपमान गरिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा कडा आलोचनापछि उनलाई प्रहरीले विहिबार महेन्द्र पुलबाट पक्राउ गरेको थियो ।
पुनले गुरुङले गल्ति महसुस गरेपछि यो विषय अगाडी नबढाउने भने पछि उनलाई छोडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गुरुङले सडकमा किताब बेचिरहेका पुनलाई सांसदको काम किताब बेच्ने हो भन्दै प्रश्न गरेका थिए । त्यसपछि पुनसँग भनाभन भएपछि उनले पुनतर्फ लक्षित गर्दै थुक्क भनेर त्यहाँबाट गएका थिए ।
यसै विषयप्रति संकेत गर्दै पुनले भनेका छन्– ’ किताब बेचिरहेको स्थानमा आएर कृपया राजनीतिक वा असम्बन्धित प्रश्नहरू नसोध्नुहोस् । यहाँ यसै पनि किताब किन्नेहरूको भिडभाड हुन्छ । यस्ता असम्बन्धित प्रश्नले अनावश्यक तनाव पैदा गर्छ, म पनि त मानिसलाई हुँ रिस उठ्छ । रिस उठेपछि भनाभन सुरु हुन्छ र अन्तत: कुरो बिग्रिन्छ ।’

FACEBOOK COMMENTS